नाकाबन्दीलाई मह जाेडीकाे ‘धन्यवाद छ छिमेकी’


काठमाडौं-हाँस्यकed8bcbc337248cf4b0954cef758fbfab_Lलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भारतीय नाकाबन्दी र नेपालको राजनीतिक परिस्थितिलाई व्यंग्य गर्दै युट्युबमा नयाँ गीत सार्वजनिक गरेका छन्। ‘धन्यवाद छ छिमेकी’ बोलको गीतलाई मह संञ्चारको आधिकारिक च्यानलबाट युट्युबमा राखिएको छ।
 हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गीतमा स्वर दिएका छन्। हाँस्यकलाकार हरिवंशले लेखेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन्। गीतको म्युजिक भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन् । त्यस्तै सिनेमेट्रोग्राफर नारायण जिसीले म्युजिक भिडियो खिचेका हुन्।
‘राजनीतिक परिस्थिति र भातीय नाकाबन्दीलाई व्यंग्य गर्दै तयार भएको सन्देशमुलक गीतले नेपालको पछिल्लो अवस्थाको चित्रण गर्ने प्रयास गरेको छ,’हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले भने।

यसमा तपाइको मत