एकताको गजल :मेरो प्यारालाई साहुले मुग्लान पठायो


elisa

जवानीमा फकाउँछन् गुलाब देखाएर
बच्चामा फकाउँथे ललीपप देखाएर

मेरो प्यारालाई साहुले मुग्लान पठायो
आकासिँदै गर्या ब्याजको दर देखाएर

बोरा ओडि सुत्नेलाई जिस्काउँदैछ जाडो
दोकानमा राख्या बाक्लो सिरक देखाएर

यस्तो लाग्छ पाप गर भन्दैछन् धर्मभिरु
मन्दिर को मौला अनि रगत देखाएर

हाम्रो जोडि यस्तै होस् भन्नुहुन्छ उहाँ सधैं
भन्ज्याङको वर सँगै पिपल देखाएर
ए! एकता माया देऊ भन्दैछन् मान्छेहरु
मन हैन सम्पत्ति र नगद देखाए

यसमा तपाइको मत