उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जनाले पार्टी परित्याग


काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जनाले पार्टी परित्याग गरेका छन्। राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनीहरुले परित्याग घोषणा गरेका हुन्। पार्र्टी छाड्नेमा केन्द्रीय सदस्य रिजवान अन्सारी, वीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव र रामेश्वर यादव छन्।
up
 पार्टीभित्र फरकमतसहित गठन गरिएको संघीय नवविचार समूहका संयोजक रिजवान अन्सारीले राज्यसँग समानुपातिक समावेशिता माग गर्ने नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्रमा समावेशी समानुपातिक विरोधी चरित्र प्रदर्शन गरेको गुनासो गरका छन्। उनले आगामी फागुन २९ गते राजधानीमा वृहत राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने जानकारी पनि दिए।

यसमा तपाइको मत