पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पहाड र तराईबीच प्रत्यक्ष सम्बाद हुनुपर्ने बताए


काठमाडौं : पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पहाड र तराईबीच प्रत्यक्ष सम्बाद हुनुपर्ने बताएका छन्। नेपाल रिडर्स अनलाइनको उद्‍घाट गर्दै यादवले पहिलेका नेता तराई र पहाडमा आx12805995_10154065076880962_6662571001023821642_n.jpg.pagespeed.ic.bW1r-_j9V5फै पुगेर काम गर्ने गरेको स्मरण गरे। उनले अहिले ठूला दल मधेस नझर्ने र मधेसका दल पहाड नचढ्ने गरेको बताए।

उनले यस्तो प्रवृत्ति अन्त्यका लागि राजनीतिक दलका नेता, वुद्धिजीवीहरुले देश घुम्न सुझाए। ‘पदीय मर्यादाका कारण कतिपय कुराहरु मैले बोल्न मिल्दैन,’ यादवले भने, ‘तर पहाड र तराईबीच सम्बाद आवश्यक भइसकेको छ। मैले दलका नेताहरुलाई पटकपटक आग्रह गरेको छु।’

यसमा तपाइको मत