काठमाडौँ, भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारीले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका छन् ।

प्रचण्डले पनि महाधिवेशनपछि कांग्रेस नेतृत्वमा सरकार गठन हुन सक्ने संकेत कोश्यारीसँग गरेको लाजिम्पाट श्रोतले बताएको छ ।
आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने नभएर केवल विस्तार मात्र हुने बताएका छन् । कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट यस्तो प्रतिक्रिया आएको हो ।
केही दिन यता एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने बताउँदै आएका छन् । कतिपय एमालेका नेताले समेत यस्तै संकेत गर्न थालेपछि ओलीले ट्वीटरबाट सरकार विस्तार मात्र हुने बताएका हुन् ।
यस अघि कांग्रेस महाधिवेशनको उद्घाटन शत्रमा प्रचण्डले कोश्यारीको नाम नै लिएर अव भारतले नाकाबन्दी जस्ता ब्यवहार दोहोर्याउन नहुने चेतावनी दिएका थिए ।



