१४ थान गोलीसहित पक्राउ परेका ल्हाक्याल लामाको रामकहानी


एमाओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित फाक्र परेका छन् । अख्तियारको छानबिनका क्रममा गोलीसहित उनी पक्राउ परेपछि उनको बारेमा अनेक टिकाटिप्पणी हुन थालेका छन् ।laharcal-lama

एमाओवादीमा प्रवेश गर्नुअघि  एमालेका नेता रहेका उनी सिन्धुपाल्चोकबाट एमालेका तर्फबाट ०६४ सालमा समानुपातिक सभासद बनेका थिए । उनको असली नाम डा खेन्पो छिमे छिरिङ हो ।

योल्मो मातृभाषाका लामाले वुद्ध दर्शनमा पीएचडी गरेर डा लेख्ने गरेको बताइन्छ । ०५७ सालदेखि राजनीति शुरु गरेको बताउने लामालाई सभासद बनाउँदा नै एमालेभित्र विवाद थियो ।

झलनाथ खनालले अर्थराज्यमन्त्री बनाएपछि दोहोरो नागरिकता प्रकरणमा तीब्र विरोध भएकाले लामाले तत्कालै राजीनामा दिनुपरेको थियो । पहिलो संविधानसभामा लामा राष्ट्रिय हित संरक्षण समितिको सदस्य थिए ।

लामा माथिको आरोप अर्थराज्यमन्त्री भएका लामालाई दोहोरो नागरिक रहेको आरोप लागेको थियो । नेपालको मन्त्री भए पनि भारतको नागरिक भनी भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएको फेला परेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

यसमा तपाइको मत