
१ . नेपाली नेता
महिपातको लाखे
को चाहि ठिक ?
२ . सिर्फ बाध्यता
पिएर बाँच्न थाले
चाहना सिता !
३ . पोख्न चाहन्छु
अटल स्वाभिमान
प्रत्यक घुम्ती !
४ . छरपस्ट छ
दुखको किनारा
मेरो पाइला !
५ . सिता चाहेर
परिक्षा लिने राम
अग्नि परिक्षा !
६ . मेरो सपना
बुद्धको उपदेश
शान्त तलाउ !
७ . सक्दैनौ भने
मैदान खाली गर
आत्म निर्भर !
८ . निर्माण ठप्प
आधुनिक नेपाल
सधै झगडा !
९ . लोक तान्त्रिक
इन्धन हाहाकार
लाचार किन ?
१० . स्वास्थ्य बिज्ञान
सरकारको शैली
बित्यो जिन्दगि !
११ . ताजा प्रसंग
बिदेशीको इशारा
मदेसी दल !
१२ . धार्मिक ह्रास
क्रिस्चियन उपज
न्याय हरायो !
१३ . हेरेर बस्नु
भत्केको संरचना
बाटो हगुवा !
१४ . गान्धीको त्याग
नागरिक अगुवा
त्यो काँहा छ र !
१५ . तितो यथार्थ
गरिब नागरिक
आकाश मुनि !
१६ . त्यो कमजोरी
धर्मनिरपेक्षता
सार्थक वार्ता !
१७ . उचित हुन्न
धार्मिक स्वतन्त्रता
सीताको भुमि !
१८ . धार्मिक हुनु
नितान्त निजि आस्था
हेर बिगत !



