मलामी गएका सांसद गणेश थापालाई आर्यघाटमै थप्पड, एक जना पक्राउ


अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् ।

ganesh-thapa-new-pic.jpg

सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले झापड हानेको प्रहरीले जनाएको छ । झापड हानेपछि उनलाई तत्कालै प्रहरीले पक्रेर हिरासतमा राखेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रबक्ता एसपी प्रधुन्न कार्कीले थापामाथि महतले थप्पड हिर्काएको पुष्टि गरे । उनले भने- ‘सम्झाउन खोज्दा उल्टै थप्पड हानेको रहेछ । महतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौ । छिट्टै सत्यतथ्य बाहिर आउछ ।’ उनका अनुसार महतलाई गौशाला प्रहरी वृतमा राखिएको छ ।

उनले थापालाई थप्पड हान्नुको कारण खुल्न सकेको छैन् । स्रोतका अनुसार थापालाई महतले तीन पटक झापड हानेका थिए ।  दैनिक नेपालमा समाचार छ |

 

यसमा तपाइको मत