इतिहास साक्षि छ ककस्ले के के गरे
को यहाँ मरेर बाँचे अनि को ज्युँदै मरे
स्वाभिमान बोलीमा सिमित व्यवहार मगन्ते सरि
थाहा छ देशको नाममा ककस्ले झोली भरे
जनता जनार्दन भनि सत्ताको नजकि पुगे
उम्रनै सदियौं लाग्ने आश्वासनको वीउ छरे
नैतिकता बेचेर हिंड्ने लोभी पापिस्टहरु
जुन गोरुको सिड्डछैन उसकै नाम तिखे अरे
युग फेरिएपनि बदलिएन चरित्र यीनको
छाडेर स्वर्गीय सुख नरकको नदि तरे
इतिहास साक्षि छ ककस्ले के के गरे
- अनुप सुबेदी



