चरित्र बदलेर देखाउ है युग बदल्नेहरु
लोभको झोली फुकाल मोहमा जल्नेहरु
दर्शनका कुरा गरि बदलिन्न उथार्थ यहाँ
कर्म गरेर देखाउ अब बोलीमा चल्नेहरु
माग्दैछ देशले साथ तिमै्र हो जिम्मेवारी
बलिदानको पाठसिक पराइसामु गल्नेहरु
छैनौै कोही बिरानो, एउटै छ छानो हाम्रो
आत्मकल्याण गरिहेर अरुकोलागि ढल्नेहरु
सच्चा विभूति उही हो जो म¥यो देशकै लागि
कलंकित बनेर गए अरु जन्तालाई छल्नेहरु
चरित्र बदलेर देखाउ है युग बदल्नेहरु
- अनुप सुबेदी



