भारतीय प्रहरीकाे हस्तक्षेपका विरूद्ध चर्का नाराहरू लगाउदै विराेध जुलुश निकाले


नेपालकाे डाेटी र अछाम जिल्लाकाे सीमानामा भारतीय  प्रहरीकाे जत्था प्रवेश गरेकाे भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीले साेमबार राजधानीमा विराेध कार्यक्रम गरेकाे छ ।

राजधानीकाे शान्तिबाटीकाबाट जम्मा भएका सयाैं माअाेवादीका कार्यकर्ता र जनताले भारतीय प्रहरीकाे हस्तक्षेपका विरूद्ध चर्का नाराहरू लगाउदै विराेध जुलुश निकालेका थिए । विराेध जुलुश शान्तिबाटीकाबाट जमल, असन र न्युराेडहुँदै सुन्धरामा पुगेर काेण सभामा परिणत भएकाे थियाे ।

काेणसभालार्इ संवाेधन गर्दै नेकपा माअाेवादीका पाेलिटब्युराे सदस्य सन्ताेष बुढामगरले भारतीय प्रहरी निर्वाध रूपले नेपाल भूमिमा प्रवेश गर्दा पनि सरकारले अहिलेसम्म कुनै विराेध वक्तव्य समेत ननिकाल्नु ठूलाे चिन्ताकाे विषय भएकाे बताए ।

‘भारतीय प्रहरीहरू नेपालभित्र हतियारसहित प्रवेश गर्नु भारतीय विस्तारवादकाे  याे नांगाे हस्तक्षेप हाे ।’ विराेध सभालार्इ संवाेधन गर्दै बुढाले भने -‘तर सरकारले अहिलेसम्म कुनै विराेध गरेकाे छैन । याे नेपाल सरकारकाे लाचार काम हाे ।यसकाे हामी जाेडदार विराेध गर्छाै ।’

विप्लव माअाेवादीकाे उपत्यका व्युराेकाे अायाेजनामा भएकाे साे कार्यक्रममा विप्लव माअाेवादीका नेताहरूले नेपाल प्रहरीले नेपाली भूमिमा प्रवेश गरेका भारतीय प्रहरीलार्इ गिरफ्तार गरेकाेमा विशेष अाभार र धन्यवाद दिएका थिए ।

s2

‘अछाममा नेपाल प्रहरीले गरेकाे देशभक्ति कामकाे हामी उच्च सम्मान र मुल्यांकन गर्दछाैं ।’ नेकपा माअाेवादीका केन्द्रीय सदस्य माइला लामाले संवाेधन गर्दै भने, ‘हामी देशभक्त नेपाल प्रहरी,  सेनालगायत सबै नेपाललार्इ माया गर्नेहरूसँग एक भएर जाने छाैं ।’

भारतीय प्रहरीले नेपाल भूमिमा प्रवेश गरेर गरेकाे हस्तक्षेपका विरूद्ध माअाेवादीका कार्यकर्ता र जनताले नेपाल प्रहरीकाे देशभक्ति कामकाे प्रशंसा गर्दै चर्का नारा लगाएका थिए ।

‘नेपाल प्रहरी हार्इ हार्इ, विदेशी दलाल बार्इ बार्इ’ भन्ने नारा लगाउदा विराेध जुलुशमा सहभागी नेपाल प्रहरीका जवानहरूले ताली बजाएर स्वागत गरेका थिए ।

 

यसमा तपाइको मत