डा.बाबुराम भट्टरार्इका छाेरी ज्वाइँ जेकेन्द्र श्रेष्ठले अाफ्नाे नामलार्इ गलत ढंगबाट प्रचार गरेकाेमा दुख व्यक्त


नयाँ शक्ति नेपालका संयाेजक डा.बाबुराम भट्टरार्इका छाेरी ज्वाइँ जेकेन्द्र श्रेष्ठले अाफ्नाे नामलार्इ लिएर केही संचार माध्यमले गलत ढंगबाट प्रचार गरेकाेमा दुख व्यक्त गरेका छन् ।Jekendra-Shrestha-300x294

जेकेन्द्रले एक विज्ञेप्ती जारी गर्दै बाबुराम र उनकाे परिवारसँग जाेडेर विभिन्न संचार माध्यमले गरेकाे अपवाहपूर्ण प्रचारप्रति अाफ्नाे ध्यानकर्षण भएकाे बताएका छन् ।

‘नयाँ शक्ति विद्यार्थी यूनियन, केन्द्रीय सम्मेलन आयोजक समितिको बैठकको विषयलाई लिएर मेरो नाम जोड्दै केही सञ्चार माध्यमहरुले गरेको अफवाहपूर्ण प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले विज्ञेप्तीमा भनेका छन् – ‘नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र वहाँको परिवारसँग जोडेर निरन्तररुपमा अभियानात्मक ढंगले भ्रमपूर्ण प्रचार गरिनुले मलाई दुःखीत तुल्याएको छ । यस्ता अनर्गल प्रचारले सर्वसाधारणमा भ्रम पर्न सक्ने भएकोले यो विज्ञप्ति जारी गरेको छु ।’

अाफुले बाबुरामकाे नाम लिएर कुनै गतिविधी नगरेकाे भन्दै जेकेन्द्रले पत्रकारिताका न्युनतम मुल्य र मान्यताकाे अाचारसंहितालार्इ अात्मसात् गर्न सम्वन्धित मिडियालार्इ अनुराेध गरेका छन् ।

‘पछिल्लोपटक नयाँ शक्ति निकट विद्यार्थीको बैठकमा ‘जेकेन्द्रले हातपात गरेको’ भन्ने आशयको समाचार आफैंमा कपोलकल्पित, भ्रामक र बदनियतपूर्ण छ । पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र आचारसंहितालाई समेत ठाडो उल्लंघन गर्ने यस्तो अभ्यासले न त स्वतन्त्र पत्रकारिताप्रतिको सम्मान बढ्छ न त लोकतन्त्रलाई नै बलियो बनाउँछ ।’ उनले विज्ञेप्तीमा अाक्राेश पाेखेका छन्- ‘नियोजितरुपमा सिर्जना गरिने अतिरञ्जना र समाचार फरक–फरक कुरा हुन् भन्ने सामान्य ज्ञानको पनि ख्याल नगर्नु पत्रकारिताप्रतिको जनविश्वासलाई कमजोर बनाउनु हो ।’

जेकेन्द्रले पत्रकारिताकाे नाममा चरित्र हत्या गरिने काममले स्वंयम उसैकाे चरित्र हत्या हुने भएकाेले त्यस्ताे काम नगर्न मिडियालार्इ अनुराेध गरेका छन् ।

 

यसमा तपाइको मत