सुखमा त प्राय हुन्छन दु:खमा,साथी कहाँ जान्छन?
ज्यान भन्दा ठुलो भारि बोकेर, यी कमिलाका ताँती कहाँ जान्छन?
आगनको डिलमा गर ,उडिराको जहाज हेर्दै सोध्नु हुन्छ,
हजुरबाले बारबार मलाई,यो देशका नाति कहाँ जान्छन?
.
सजिएर चोकमा बस्छ्न,बोली भने धोत्रो हुने,
नपुसक त भन्छन तर, मुख छोपि राती राति कहाँ जान्छन?
.
टुहुरोलाई जुन देखाएर,तेरो बाउ आमा भन्दै ठगछन,
अरे कसैले त भनिदेउन मरे पछि मान्छे, माथी कहाँ जान्छन?
.
ए सरकार माया प्रेमको लागि एउटा कानुन बनाएर त हेर,
अनि थाहा हुनेछ सबैलाई यी बिस्वाश घाती कहाँ जान्छन।
.
सुखमा त प्राय हुन्छन दु:खमा,साथी कहाँ जान्छन?
ज्यान भन्दा ठुलो भारि बोकेर, यी कमिलाका ताँती कहाँ जान्छन?
.
©बिक्रम रेग्मी
हजुरबाले बारबार मलाई,यो देशका नाति कहाँ जान्छन ?
- बिक्रम रेग्मी



