गजल

- सुनिता सापकोटा


किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ
अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ
.
आजकाल मैले आफै माथि प्रश्न उठाउछु
किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ
.
आउन त खुसी र दु:ख दुबैमा आए पनि
अवस्था अनुसारको आसुमा फरक हुन्छ
.
बाच्न त जन्मे पछी बाचेकै छन् मान्छेहरु
तर धेर र थोर बाच्ने आयुमा फरक हुन्छ
.
फल्ल लाइ दुबै जमिन मुनि फले पनि
धेरै स्वाद पिँडालु र आलुमा फरक हुन्छ
.
बोनस
.
मलाई सधै भरी यसै भन्ने गर्नुहुन्छ आमा
जन्मदिने आमाभन्दा सासुमा फरक हुन्छ

यसमा तपाइको मत