काठमाडौं, १४ जेठ–देशको सम्पूर्ण जनमत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा प्रतिक्रिया ब्यक्त गरिरहेका बेला प्रसिद्ध जनगायक रामेशले प्रधानमन्त्री ओलीलाई अहिले जनस्तरबाटै सहयोग गर्न र उहाँका सपना सकार पर्न आव्हान गर्नु भएको छ । पञ्चायती ब्यवस्थाकालमा नेपालमा कम्युनिस्ट आन्दोलन स्थापित गर्ने अभियानका मुख्य अभियन्ता रामेशले पार्टी भन्दा देश माथि हुने जनाउँदै अहिले ओली सरकारले सुकर्म गरेको उल्लेख गर्नु भएको छ ।
कुनै पनि दलसँग आवद्ध नरहनुभएका रामेशले ओलीलाई साथ दिन यतिबेला करोडौं हात उठ्नु पर्ने आफ्नो फेसबुक वालमा लेख्नु भएको छ । ओली नेतृत्वको सरकारले गरेका कामवारे निरन्तरजसो फेसबुक स्टाटस राख्दै आउनु भएका रामेशले ओलीलाई उडाउनु देशका लागि आत्मघाती हुने वताउनु भएको छ ।
जनगायक रामेशले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ–‘केपी ओलीको नियत नराम्रो भए उनले त्यसको सजाय अवश्य भोग्नु स्वभाविक छ । तर उनले राष्ट्रका लागि देखेका सपना र गर्दै गरेका प्रयत्नहलाई उपहास गर्नेहरुले आत्मैदेखि नै सोच्नु आवश्यक छः के हामीले गम्भीर गल्ती त गरिरहेका छैनौं ? अब हामी नेपाली जनतालाई कुनै पार्टीसँग त्यति ठूलो विश्वास र भर छैन । तर, जो ब्यवहारबाट असल परिचय दिंदै आफ्ना सुकर्मले राष्ट्रको उत्थानतिर लाग्छन् उनलाई साथ दिन सहयोगका करोडौं उठ्नु आवश्यक हुन्छ । उनी पार्टीका भन्दा देशका सही सेवकका रुपमा हामीले चिन्नु पर्छ । कोही जुनसुकै पार्टीका हुन् तीन करोड जनताका हितमा काम गरे ती नेपाली जनताका हुन्छन् । नेपाली जनता नै देशका सर्बाेच्च शक्ति हुन् । जनताको साथ जसले पायो तिनै शक्तिसाली हुन्छन्, जनता सबै पार्टी भन्दा माथि हुन्छ । जनता नै निर्णायक शक्ति हुन् । सुकर्मका मान्छेहरुलाई जनताको साथ अवश्य हुन्छ ।’
यस्तै रामेशले प्रधानमन्त्री ओलीको राष्ट्रिताको अडान र देशको उन्नती र प्रगति गर्ने महाअभियानलाई साथ दिन पनि आग्रह गर्नु भएको छ । ‘केपी ओलीको राष्ट्रियताको अडान र देशको उन्नतिको महाअभियानमा आत्मादेखि नै साथ दिउँ, असल काम गर्नेलाई उडाउने काम नगरौं, यो आत्मघाती हुनेछ’ जनगायक रामेशको अर्काे स्टाटसमा उल्लेख छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

