बजेट कार्यन्वयन हुने हो भने यसले धेरै क्षेत्रलाई समेटेको छ । यसलाई सकारात्मक मान्नुपर्छ तर तलब र सामाजिक भत्ताको वृद्धिले पर्ने आर्थिक भार पुर्ति गर्न तथा नीजि क्षेत्रका कर्मचारीको तलब वृद्धिको नाममा कच्चा र उत्पादित वस्तु महंगिने, पुर्वाधार करको नाममा फेरि उपभोक्ताले उपयोग गर्ने वस्तुमा वृद्धि हुने कारण कतै कतै जागिर नभएका अति विपन्न गरिबहरु झन गरिब त हुने होइन भन्ने चिन्ता मनमा लागिरहेको छ । बजार यति महंगिदो छकि सर्वसाधारण बाँच्न मुश्किल छ । कामना गरौ, यो बजेटले मुल्यवृद्धि नगरोस्, गरिब झन गरिब नहुन ।
भिम गौतम
- भिम गौतम



