नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) को केन्द्रीय समितिको बैठक सम्पन्न


Puspalal-Shrestha-430x316नेपाल कम्मुनिस्ट पार्टी (मार्क्सवादी) को केन्द्रीय समितिको बैठक २०७३ साल जेष्ठ १४ गतेबाट सुरु भइ जेष्ठ १७ गते पार्टी केन्द्रीय कार्यालय टोखा काठमाडौँमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष क. अम्बिका थैबको अध्यक्षतामा बसेको बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति र यसको निकाशको बारेमा व्यापक छलफल गरि निर्णय गरको छ । हाल प्रस्तुत गरिएको बजेटमा केहि सुधारात्मक पक्ष देखिएता पनि श्रमजीवी मजदुर किसानको हितमा देखिदैन । मध्यम वर्गीय चरित्र बोकेका ठुला दलका कार्यकर्ताहरुलाई पाल्ने मनसाय मात्र देखिन्छ भन्ने निस्कर्ष निकालेका छन् । त्यसैले स्थानीय स्तरमा भएका भ्रस्टाचार र सबैखाले बिकृति तथा विसंगतिको बिरुद्द संगठित बन्दै स्थानीय संस्था कब्जा गर्न लागिपर्नुपर्छ भन्ने बैठकले निर्णय गरे । नेपाल प्रगतिशिल महिला संघको राष्ट्रिय सम्मेलन सफल पार्न संघलाई निर्देशन गर्ने निर्णय गरे । अन्तमा युवाहरु संगठित भएर नया जनवादी क्रान्तिको तयारीमा लाग्नुको विकल्प छैन भन्ने ठहर गरेको छ ।

यसमा तपाइको मत