निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचन र प्राप्त नतिजा


Karmachari-voatingकाठमाडौं । नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा महिला तथा बालबालिका र निर्वाचन आयोगमा एमाले निकट कर्मचारीहरूले विजय हाँसिल गरेका छन् ।

निर्वाचन आयोगमा कूल खसेको मत मध्ये एमाले निकट संगठनले ४६, काँग्रेस निकट संघले ४० र राष्ट्रिय कर्मचारी संगठनले ११ मत ल्याएको छ।

त्यस्तैगरी , महिला तथा बालबालिका मन्त्रालयमा पनि संगठनले नै जित हात पारेकाे छ। उक्त मन्त्रालयमा खसेको कूल ९२ मतमा संगठनले ४८, युनियनले २०, राष्ट्रिय कर्मचारी संगठन निजामतीले १६ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ मत पाएको छ भने ५ मत बदर भएको छ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयमा पनि एमाले निकट संगठनले जित हात पारेकाे छ । प्रधानमन्त्री कार्यालयमा कूल खसेको मत मध्ये संगठनले १ सय ७३ मत प्राप्त गरी विजयी भएको छ । युनियनले ६७ मत र संगठन निजामतीले २५ मत प्राप्त गरेका छन् ।

 त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयमा पनि एमाले समर्थित संगठनले नै बिजय हासिल गरेको छ । सञ्चार मन्त्रालयमा संगठनले १ सय २८ मत ल्याएर बिजयी भएको भने कांग्रेस समर्थित युनियनले ८८ मत ल्याएर दोस्रो भएको छ । राष्ट्रिय कर्मचारी संगठन १९ मत प्राप्त गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालय र सिंचाई मन्त्रालयमा भने काँग्रेसी कर्मचारीहरू विजयी भए। महान्यायाधिवक्ताको कार्यालयमा कूल खसेको ८३ मतमध्ये काँग्रस निकट युनियनले ३३, एमाले निकट संगठनले २५, राष्ट्रिय कर्मचारी संगठनले ५ मत ल्याएको छ । यस्तै १ मत बदर भएको छ।
सिंचाई मन्त्रालयमा पनि युनियनले नै  जित हात पारेकाे छ। सिंचाईमा कूल खसेको १ सय ६० मत मध्ये युनियनले ७३, संगठनले ७१, राष्ट्रिय कर्मचारी संगठनले ९ र मधेशी मञ्चले ३ मत पाएको सिंचाई विभागका इन्जिनियर कमल प्रसाद सिटौलाले जानकारी दिए।

गृह मन्त्रालय र शहरी विकास मन्त्रालयमा काँग्रेस निकट कर्मचारीहरू विजयी भएका छन्। गृह मन्त्रालयमा रहेको कूल ३३९ मतमा काँग्रस निकट युनियनले १ सय ६६ मत ल्याएको छ भने एमाले निकट संगठनले १ सय ३०, राष्ट्रिय कर्मचारी संगठनले २७ मत ल्याएको छ युनियनका महासचिव जीत बहादुर मडैले जानकारी दिए।

शहरी विकास मन्त्रालयमा पनि युनियनले कूल खसेको १ सय ९ मत मध्ये ५४, संगठनको ४३, राष्ट्रिय कर्मचारी संगठनको ९ र मधेशी मञ्चले २ मत पाएको छ ।

उता माओवादीको गढ मानिने रुकुममा नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन सँघ विजय भएको छ। कुल खसेको ३ सय ६२ मत मध्ये युनियन सँघले १ सय ६३ मत ल्याएको छ।

नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले भने दोस्रो स्थान हात पारेको छ । निजामतीले रुकुममा कुल १ सय ३ मत पाएको छ । नेकपा एमाले निकट नेपाल कर्मचारी संगठनले ८२ मत र नेपाल मधेसी निजामति कर्मचारी सँघले ५ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।

रोल्पामा भने नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले १ सय ४२ मत ल्याएर सबैलाई पछि पारेको छ ।सदरमुकाम लिबाङमा कडा सुरक्षा घेराबीच भएको मतदानमा कांग्रेस निकट कर्मचारी संघले विजयी हात पारेको हो ।

त्यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले ९० मत ल्याएर दोस्रो स्थान पाएकाे छ । यता नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ६६ मत ल्याएर तेस्रो स्थानमै चित्त बुझाएको छ ।

जिल्लाभरिमा कुल ३ सय ३६ मतदाता निजामती कर्मचारीहरु मध्ये ३ सय १९ मत मात्र खसेको थियो । जसमध्ये १२ बदर भएको निर्वाचन समितिले जनाएको छ ।

बझाङमा नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ । कर्मचारी संगठनले १६६ मत ल्याएर जित हात पारेको हो । युनियन संघले ११७ मत र राष्टिय कर्मचारी संगठन २५ मत र मधेशि कर्मचारी संगठनले ३ मत ल्याएको छ ।

३५० कर्मचारी मतदाता संख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्बाचन अधिकृत मोहनि प्रसाद जोशीले जानकारी दिए । तिन वटा संगठन ले आधिकारीक रुपमा चुनावी मैदानमा सहभागी भएका थिए । ११ जना कार्य समीती रहने संगठनबाट शेर बहादुर विष्ट अध्यक्ष हुने बताइएको छ ।

यसमा तपाइको मत