दु:ख छ यहाँ सुखको दबाइ नभएर होला
शायद मेरो गला मा टाइ नभएर होला
कसरी म यो खाडीमा भासिन पुगेछु ?
इस्ट्टमित्रको भन्दा बढी कमाइ नभएर होला
दाई पनि बिदेस जा भनी रहनु हुन्थेयो
पैसा अनी आइफोन पठाइने भाई नभएर होला
पशुपालन गर्छु भन्ने बिर्खे मारियो यहाँ
त्यो गरीब को गोठमा दुनु गाई नभएर होला
हजारौं युबा युबती खाडी जान वाध्य छन
घरका चुलामा तेल अड्डिने ताइ नभएर होला



