बिप्लव नेतृत्वको नेपाल बन्दमा तोडफोड र आगजनी


1634_taxi-358x300बिप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरुलाई राज्यले झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेपाल बन्द गरेको छ । आज पुर्व घोषित कार्यक्रम अनुसार उक्त पार्टीले नेपाल बन्द गरेको हो ।   नेपालबन्द कार्यक्रमलाई अटेर गरेर गाडी चलाएको भन्दै नेकपा माओवादीले काठमाडौंका विभिन्न क्षेत्रमा गरेर डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको छ । महाँगी,भ्रष्टचार,कालोबजारी नियन्त्रण र राष्ट्रिय स्वाधिनता रक्षार्थ आन्दोलनको आवाज उठाए बापत  आफ्ना नेता कार्यकर्ता जेल हाल्ने सरकार विरुद्ध आन्दोलनमा उत्रेको माओवादीले बताएको छ ।   आफ्ना नेता कार्यकर्ता रिहाइका लागि भन्दै आज २७ गते नेपालबन्द कार्यक्रम राखेको नेकपा माओवादीले अटेर गरेर गाडी चलाएको भन्दै राजधानीस्थित गोगंबु, महाराजगंज, चाहविल, तीनकुने र भक्तपुरमा गरी डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको हो ।    बिहानैबाट ब्यापक मात्रामा  परिचालित प्रहरीले बिनाकारण घर र चोकबाट आफ्ना सयौं नेता तथा कार्यकर्ता गिरफ्तार गरेपछि कर्याकर्ता बिच्किएर केहि छिट्फुट घटना भएको हुनसक्ने नेकपा माओवादीका एक नेताले बताए ।     आजको नेपालबन्दमा प्रेस, शववाहन, कुटनीतिक र अत्यावश्यक विरामीका गाडीबाहेक कुनै पनि गाडाीहरू चल्न नदिने माओवादीले बताएको छ ।

यसमा तपाइको मत