काठमाडौं, २२ असार । आफ्नो चरित्र हत्या गरेको भन्दै एक नायिकाले पत्रकार ऋषि धमलालाई ‘साइबर क्राईम’ अन्तर्गत मुद्दा हाल्ने तयारी गरेकी छिन् । धमलाद्वारा सञ्चालित एक अनलाईन पत्रिकाले आफ्नो चरित्र हत्या गरेको नायिका स्मिता थापाकोे आरोप छ । ‘ऋषी धमलाले आफ्नो अनलाईनबाट न्युज हटाएर हुन्छ र ? त्यो त भाईरल भइसक्यो दुनियाँ अनलाईन न्युजमा,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छिन्, ‘माफी माग्नुपर्छ यदि साँझसम्म गरेन भने म भोली साइबर क्राइमको केस हाल्दै छु, ऋषि धमलालाई ।’
के थियो समाचार ?
ऋषि धमलाद्वारा सञ्चालित रिपोर्टस् नेपाल डटकम नामक अनलाईनमा ‘स्मिता भन्छिन्, ‘मलाई ह्विस्कि पिएर वाईल्ड सेक्स गर्न मन लाग्छ,’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारलाई धमलाले आफ्नो ट्विटरमा चार पटकसम्म शेयर गरेका थिए । नायीका स्मिताले साइबर क्राइममा जाने धम्कि दिएपछि समाचार हटाइएको थियो ।