अर्ति उपदेश

- कृष्ण प्रसाद पौडेल ,पटिहानि नारायणी चितवन


तिम्रो सामु धन छ चियाएर हेर
यिनै दुई हात खियाएर हेर
देश चिनाउदै धनि गरिब भनि
चलाउ यि हात तिमि बन्छौ धनि

समय लाई चिन काम गर्न सिक
भित्रि दिप बालि नयाँ ज्ञान सिक
चेतना फिराउ पाखुरी चलाउ
सबै सगँ मिल शान्ति गित गाँउ
नचाहे नगर्नु गरे ध्यान दिनु
नचाँहिदो फाल्नु असल ज्ञान लिनु
क्ष्रम मात्रै हैन जतन गर्न सिक
फजुल खर्च छाड गर खर्च ठिक्क
अनि जुट्न थाल्छ पसिना दाना
तिनै सानो जुट्दा ठुलो हुन्छ जान
धनै थुपारेर कहलिन्न धनि
धनि बन्नु मानि ठुलो अर्थ छनि
घटाउदै जानु नचाँहिदो खर्च
सदा ख्याल राख्नु पछि के के पर्छ

 

यसमा तपाइको मत