सत्ता साझेदार नेपाली काङ्ग्रेसलाइ नपर्खी प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले आइतबार मंत्री परिषद बिस्तार गर्न लागेका हुन् ।
माओवादी केन्द्रले ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रालय लिने सहमति भएतापनि मंत्री पदका आकांक्षीहरु धेरै हुदा प्रधानमन्त्री दाहाललाइ आफ्नै दलबाट मंत्री छान्न गाह्रो परेको थियो । असन्तुस्ट नेताहरुलाइ आगामी सरकारमा प्राथमिकता दिने आस्वाशनसहित दाहालले आफ्नो पार्टीबाट मत्रीको अन्तिम टुंगो लगाएको बताइएको छ ।



