शैक्षिक हड्ताल अवज्ञा गरेको भन्दै अखिल क्रान्तिकारीद्धारा काठमाडौंं कलेजहरुमा आक्रमण


vvvvvvvनेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज आव्हान गरेको शैक्षिक आम हडताललाई अवज्ञा गरेको भन्दै काठमाडौंका केही नीजि कलेजमाथि आक्रमण गरेको छ ।

अखिल क्रान्तिकारीले आव्हान गरेको दुई दिने शैक्षिक आम हड्तालाई अस्वीकार गरेको भन्दै काठमाडौंको सिटिभीटि अन्तर्गत स्वम्भुमा रहेको काठमाडौं मोडल कलेजमाथि आक्रमण गरेको छ ।

आक्रामणबाट कलेजमा क्षति पुर्याउनुका साथै ३ वटा कम्युटर र दुईवटा रिसेप्सनलाई पूर्णत क्षति पुर्याइएको अखिल क्रान्तिकारीका एक नेताले जनपाटीलाई बताए ।

साथै क्रान्तिकारी विद्यार्थीले सो कलेजका झयालहरुसमेत क्षति पुर्याइदिएको बताइएको छ । यसैगरी सो संगठनले बनस्थलीस्थिति एसएमएस कलेजमाथि पनि आक्रमण गरिएको छ ।

यस्तो अटेर गरेर आफ्नो आन्दोलनका कार्यक्रमलाई अवज्ञा गरे अरु ठूला आक्रमण गरिने संगठनले घोषणा गरेको छ ।

शैक्षिक संस्थाहरुले बृद्धि गरेको चर्को शुल्क खारेज, शिक्षामा समान पहुँच, अवसर र गुणस्तर शिक्षा, कन्सलटेन्सीहरुका गलत कार्य रोकिनु पर्ने, शिक्षामा भइरहेको दलालीकारण र माफियाकरणलाई रोकिनु पर्ने मागलगायत माग राखी क्रान्तिकारी विद्यार्थीले शैक्षिक हडतालको आव्हान गरेको थियो ।

आज र भोलि गरेर संगठनले शैक्षिक हडतालको आव्हान गरेको छ ।

 

यसमा तपाइको मत