उक्लिएर
शिखरै पुग्यौ रे ।
जीवनको रङ्ग
उज्यालोमा बेरियौ रे ।
सुन्ने बितिक्कै
खुशीको मलहम लगायौं ।
खुशीकै मातमा छौ रे ।
मिहिनतिकै रासमा छौ रे ।
सन्तुष्टीमा सुस्केराका टालो हाल्दै
मनको शान्तीमा ओट लाग्यौं ।
कोल्टे फेरे सि
दिन पनि छुरी हुँदो रहेछ
घर पहिरोले ताने झै
खेत बाढीले छोपे झै
भाखाको चट्याङ गर्जाउँदै
साहुले पाटीबास गराएछ ।
हामी बगरले झै
खडेरीमा माटोले झै
फर्किने बाटो हेरिरह्यौं
एउटा भत्केको भर्याङ्गले झै ।
खै सपना
बिपना हुने हो कि
या हुने हो छांगा
बगरले झै बाटो हेरिरहेछु
आँसु बिछाएर
ममताको हक फैलाएर ।



