केहि मुक्तकहरु

- आशिष तामांग


                                १.

नेपालीहरु  भारतीय  सेना भई  गर्व  किन गर्नुपर्यो  ?

निहुर्याई शिर आफ्नै भुमि त्यागि वर किन सर्नुपर्यो ?

त्यसैले  सचेत  हुनुपर्ने  देखिन्छ  यहाँ  साथी  हो

देशै बेच्ने हो भने दिनहु सीमामा नेपाली किन मर्नुपर्यो ?

२.

बिना  झरी  उनको  यादमा हिजो आज  रुझ्नु  किन ?

एकान्तमा बसी एकान्तको भासा हिजोआज बुझ्नु किन ?

त्यसैले कहिल्यै सम्झिन्न उनलाई बस्दिन एकान्तमा

नानाथरी मनगढ़ंते प्रश्न सँग हिजोआज जुझ्नु किन ?

३. 

साथीहरु  गर्नुपर्दछ  र  पो  त  आँट  आउछ

सुनौलो सपना अनि लाश परदेशबाट आउछ

त्यसैले परदेश जानु अघि सोचौ साथीहरु

जल्ने तिमी तर घरपरिवार पो त घाट आउछ

यसमा तपाइको मत