सधै भरि झगडामा रुमलिनुको साटो
जनतालाई सुख दिने रोजौ अब बाटो
भूकम्पले बास छैन दुख पायौ सारै
दैनिक जिबन धान्न भयो सबलाई गारै
यसै पालि हामीलाई नाका बन्दि लामो
आम्दानिका श्रोत जति सुके हाम्रा सामु
दोब्बर भयो बजार भाउ चर्को मुल्य मा पर्यो
गरिबीको रेखामुनी अझै तल झर्यो
दक्षिणमा कालो बादल मडारियो हेर
त्यो बादललाई हटाउन हावा चाहियो धेर
उत्तरको चिसो हावा दक्षिणतिर जावस्
दक्षिणको तातो हावा उत्तरतिर आवस्
तातो चिसो दुवै मिले सितल हुन्छा नेपाल
एउटा मात्र बढी भए दुखाउछ कपाल
अबता नेपालीले सिक्यो राम्रै पाठ
देश बिकास गर्नमा सबले गरौ आँट



