अभावै अभावमा टिकेको जिन्दगी
दबावै दबावमा बिकेको जिन्दगी ,
प्रभावै प्रभावमा हिंडेको जिन्दगी
साठिको दसक पार भैसक्यो,
नाफाको वयमा चलेको जिन्दगी
असीमित चाहनाका साथ,
अनन्त यात्रामा दौडिरहेको छ
थाहा छैन कैलेसम्म दौडिरहने हो,
कहाँ पुगेर ठाेकिन्छ,
कहाँ पुगेर रोकिन्छ
कहाँ पुगेर मोडिन्छ,
कहाँ पुगेर तोडिन्छ
कहिले सम्म यात्रा पूरा हुनेहो
तर मलाई एउटा कुरा अवस्य थाहाछ,
जुन दिन मेरो यात्रा टुंगिन्छ
त्यसदिन बाट म माथिको,
अभाव, दभाव र प्रभाव को
सामर्थ्य शुन्य हुनेछ,
मेरा सबै चाहना पुरा हुने छन
त्यस दिन मलाइ देख्नेहरुले,
दुइहात जोडेर नमस्कार गर्नेछन
म धर्तीको पुर्नमानवमा दर्ज हुनेछु।
जिन्दगी
- तेज प्रकाश बानियाँ



