आउँदिन म कहिल्यै पनि तिम्रो गाउँमा अब ,
राख्दिन कहिल्यै हृदय भित्रको ठाउँमा अब ।
सक्षम नभएसम्म यो दु:खीको साहारा चाहिने ,
यो हातले कहिल्यै लेखिन्न पत्र तिम्रो नाउँमा अब ।
यो सोझो गाउँले केटोलाई झुक्याउनु झुक्यायो ,
सक्दैनौ तिमीले यो जुनीमा पाउँमा अब ।
संगै जिउने कसम खाएका मन्दिरहरु साक्षी छन् ,
चाहिएन कहिल्यै प्रेम प्रसाद संगै खाउँमा अब ।



