भदौ, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले नेपाल भारत सम्वन्ध सहज बनाउन चार शर्त रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्व संध्यामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा माओवादी नेता समेत रहेका श्रेष्ठले नेपाल भारत सम्वन्धका चार समस्या औल्याएका हुन् ।
नेपालीहरुले भोगेको पहिलो समस्या भनेको नेपालको आन्तरिक मामिलामा भारतबाट बारम्बार हुने गरेको हस्तक्षेप र सुक्ष्म व्यवस्थापनमा भारतको अग्रसरता हो । जुन नेपालीलाई कुनै हालतमा स्वीकार्य छैन
नेपाल र भारतबीच राम्रो र मैत्रिपूर्ण सम्वन्ध आजको आवश्यकता भएको भन्दै उनले सम्वन्ध सहज नहुनुका चार कारण औल्याए ।
भारतको तर्फबाट देखिएको समस्या भन्दै उनले भने, नेपालीहरुले भोगेको पहिलो समस्या भनेको नेपालको आन्तरिक मामिलामा भारतबाट बारम्बार हुने गरेको हस्तक्षेप र सुक्ष्म व्यवस्थापनमा भारतको अग्रसरता हो । जुन नेपालीलाई कुनै हालतमा स्वीकार्य छैन ।’
उनले अघि भने, यो नै मुख्य समस्या हो । र, यो रहँदासम्म जस्तो सुकै राम्रो चाहना भएपनि दुई वटा सार्वभौमसत्तासम्पन्न छिमेकी मुलुकका रुपमा स्थापित हुन सक्दैन । र, त्यसो नगरी अरु सम्वन्ध हामीलाई स्वीकार्य छैन ।’
दोस्रो समस्या १९५० को सन्धी भएको उनले बताए । त्यो असमान र अपमानजक रहेको भन्दै पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले नयाँ शान्ति तथा मैत्रिसन्धि गर्नु पर्ने बताए ।
तेस्रो समस्या सीमा भएको उनले बताए । नेपाल र भारतको सीमा नियमित र व्यवस्थित गरिनुपर्ने भन्दै उनले ‘कालोपानी, सुस्ताको समस्या रहेसम्म जस्तो सुकै ठूलो कुरा गरेपनि दुई देशको सम्वन्ध सहज बन्न नसक्ने बताए । उनले अघि भनेका छन्, भौगोलिक अखण्डतामाथि अतिक्रमण हुँदासम्म यो पीडालाई साथमा राखेर सम्वन्ध सहज भइसक्यो भन्न सक्दैनौं ।’
चौथो समस्या भएको उनले बताए । भारतले नेपाललाई ठूलो आर्थिक सहयोग गरिरहेको भन्दै उनले यसका लागि धन्यवाद दिनु पर्ने माओवादी नेता श्रेष्ठले बताए ।
नेपालको प्राकितिक स्रोत र साधानलाई दुबै देशको हितमा प्रयोग गर्न सकिने भन्दै उनले भने, नेपालको हित कुण्ठित गरेर आफ्नो पक्षमा लिने सोच भारतले त्याग्नुपर्छ ।’
चार समस्याको नेपालले नेपालको राष्ट्रिय हितमा समाधान चाहेको भन्दै उनले यसो भन्ने भारत विरोधी नभएको बताए । पूर्व परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘हामी भारतको पनि जायज हित र सरोकार सम्बोधन होस् भन्ने पक्षमा छौं । र, त्यसका लागि भारतले आफ्नो दृष्टिकोणमा परिर्वतन गर्नैपर्छ, यो अनिवार्य आवश्यकता हो ।’



