डा. सापकोटाको ऐतिहासिक कृति ‘महाकाव्य सिद्धान्त र परम्परा’

- —रीदेन महर्जन


14302359_581936762013966_2087424232_nडा. माधव सापकोटाको ऐतिहासिक अनुसन्धानात्मक कृति ‘महाकाव्य र परमपरा’ सार्वजनिक भएको छ । डा. सापकोटाले २०६५ सालमा ‘झापा जिल्लामा प्रचलित नेपाली लोक कथाहरूको समाज शास्त्रीय अध्ययन’ शीर्षकको शोध ग्रन्थ तयार पारेका थिए । यो शोध ग्रन्थ समाज शास्त्रीय सिद्धान्त प्रस्तुत गरी तयार पारिएको नेपाली लोक साहित्यको प्रथम समाज शास्त्रीय अध्ययन हो । सापकोटाले २०७० सालमा ‘सिद्धिचरण श्रेष्ठको खण्डकाव्यकारिता’ शीर्षकमा विधावारिधि अनुसन्धान पूरा गरेका हुन । २०७३ साल असारमा सार्वजनिक भएको डा. सापकोटाको ‘महाकाव्य सिद्धान्त र परम्परा’ शीर्षकको अनुसन्धानात्मक ग्रन्थ नेपाली महाकाव्य समालोचनाका क्षेत्रमा ऐतिहासिक कृतिका रूपमा देखा परेको छ । यस पुस्तकको महत्ता बुझ्नका लागि यस अनुसन्धान ग्रन्थका निर्देशक वरिष्ठ प्रगतिबादी साहित्यकार तथा समालोचक प्रा.डा. जगदीश चन्द्र भण्डारीको टिप्पणीलाई अगि सार्नु उपयुक्त हुन्छ ः “जीवन जगत्को व्यापकता सँगै यस भित्र जीवन्तताका साथ चल्मलाइ रहेको महान् सङ्घर्ष र तत्जन्य उदात्त आख्यान र आदर्शको स्थापना भन्दा पनि विघटनका निम्ति सडान्ध चिन्तनलाई आत्मसात् गरी जीवन जगत्को सुन्दर पक्ष माथि प्रहार गर्ने तप्का र कला, जीवन र मानवता विरोधी तŒव समग्र कला साहित्यका दुस्मनका रूपमा उपस्थित भएको यस अवधिमा जेठो पुरानो विधा महाकाव्य सम्बन्धी सापकोटाको यस कृतिको विशिष्ट महत्ता छ ।” अनेरास्ववियु (व्रmान्तिकारी) का अध्यक्ष रमेश मल्लले यस कृतिको ऐतिहासिक महŒव रहेको छ भनी टिप्पणी गरेका छ ।
तीन खण्डमा विभाजित सापकोटाको यस कृतिको पहिलो खण्डमा ‘महाकाव्य सिद्धान्त’ शीर्षक अन्तर्गत पाश्चात्य र पूर्वीय महाकाव्य सिद्धान्त प्रस्तुत गरिएको छ । सापकोटाले महाकाव्यलाई हेर्ने परम्परित सङ्कीर्ण र एकाङ्गी दृष्टिको खण्डन गर्दै महाकाव्यलाई हेर्ने नवीन दृष्टिको स्थापना गरेका छन् । यस पुस्तकको दोस्रो खण्डमा ‘पूवीर्य र पाश्चात्य महाकाव्य परम्परा’ मूल शीर्षक अन्तर्गत संस्कृत महाकाव्य परम्परा, पालि साहित्यमा महाकाव्य, प्राकृत अपभ्रंस भाषामा महाकाव्य र पाश्चात्य महाकाव्य परम्पराका बारेमा चर्चा गरिएको छ ।
यस पुस्तकको तेस्रो खण्डमा ‘नेपाली महाकाव्य परम्परा’ मूल शीर्षक अन्तर्गत प्राचीन काल, मध्य काल, पुनर्जागरण काल र आधुनिक काल गरी नेपाली महाकाव्य परम्परालाई चार चरणमा विभाजन गरिएको छ । नेपाली महाकाव्य समालोचनाका क्षेत्रमा यस प्रकारको गहकिलो कृति पाउन मुक्किल पर्छ । यस सम्बन्धमा यस कृतिका लेखक डा. सापकोटाको भनाइलाई पनि अगि सार्नु उपयुक्त देखिन्छ ः “महाकाव्य अत्यन्त गहन विषय हो । यस बारे सबै कुरा त कसैले पनि जानेको हुँदैन । तर यसको सिद्धान्त र परम्परा राम्ररी बुझेका नेपाली विषयका प्राध्यापकको सङ्ख्या एक पुग्न पनि मुस्किल पर्छ । यस्तो गहन विषयमा यस्तो दुर्दशा हुनु उचित हो र ? यस बारे नेपाली विषय समितिले कतिको मनन गर्ला ?” यस प्रकारको गहकिलो कृति तयार गर्ने डा. सापकोटाको अनुसन्धान कार्यमा उत्तरोत्तर प्रगतिको कामना ।

 

यसमा तपाइको मत