भदौ, मुगु । मुगु जिल्लाका अधिकांश वस्तिहरुमा लगाइने वर्षे वाली कागुनु लोप हुने अवस्थामा पुगेकोछ ।
सिचाईको सुविधा नभएका पाखो वारीमा लगाइदै आइएको कागुनु खेती घट्दै गएको छ । समुन्द्र सतह बाट १५ सय देखि ३ हजार मिटरको उचाईमा कागुनु खेती गरिन्छ ।
बाटो सहज बन्दै जानु र खच्चरको चल्ति बढेपछि कागुनु चिनु जस्ता रैथाने वालीहरुप्रति स्थानीयहरुको आकर्षण घटदै जान थालेको छ ।कहिले खडेरीले त कहिले अत्यधिक वर्षालेे वालीमा नोक्सान पुर्याउने गरेको छ । यससँगै चामलको सहजता भएपछि कागुनु खेति लोपहुन थालेको हो ।
गाउँमा हुने विकास निर्माण बाट आएको पैसाले खाद्य संस्थानको चामल किनेर खाने प्रचलन विकास भएसँगै स्थानीय अन्न वाली लोप हुन लागेको हो ।
पहिले ६० प्रतिशत कागुनु खेती गरिने मुगुका कतिपय वस्तिहरुमा अहिले २५ प्रतिशत भन्दा कम जग्गामा खेती गरेको पाइन्छ । उमेर ढल्केका पुस्ताले मन पराएपनि नयाँ पुस्ताले मन नपराउँदा कागुनुको यसकोे खेतीमा कमि आएको स्थानीय बताउँछन् ।
यस्ता परम्परागत रैथाने वालीहरुको खेती घटदै जान थालेकाले समयमै यस्ता वालीको संरक्षण गर्नु पर्ने बुद्दिजिवीहरुको ठहर छ ।



