लामो लामो प्रतीक्षामा बित्यो जीवन
ईच्छा नभएको अवस्था
प्यास अत्यास लाग्दो रह्यो
म तड्पें
वर्षाैं वर्ष भौंतारिएा
र तिमी
यत्ति सारो मेरै पासमा
बसेकी रहिछौ मैले चाल पाएँ
मधुबाला मेरी एक प्याला
तिमीसंग भेट हुँदाको पलहरु
भेट हुनु पहिलाका अल्मलहरु
रमाइएका झल्मलहरु
शब्दले भन्न नसकिने
सुन्दरताका कथाहरु
आनन्दको अनुभव
मलाई ज्ञान भयो
मधुबाला ! एक प्याला
तिमी हलल्ल हाँस्छ्यौ बोतलको मुखबाट
चिप्लिइन्छ्यौ ओठका कापाहरुबाट
नडराई, शान्त, शान, इज्जत लिएर
सभ्यता पनि यिर्न कापका
धरापमा त अल्झेको छ नि !
मधुबाला ! एक प्याला
तिम्रै पर्खाइमा त हो म पर्खेको
कल्पिएको, अल्झिएको र दचल्किएको
छचल्किएको आँखाहरुबाट
घाउ उकल्चिएको
ओठहरु जोड्न नपाएर
याद गरिनौ
मधुबाला ! एक प्याला



