भूकम्पबाट मूल भित्रै लुके
कुवा र धारा गाँउ घरका सुके
चार घन्टा हिडी पानी लिन जाने
कन्दमुल खोजि पानी तताई खाने
############
पाखा पहाड गाँउ घर बस्तै
हामी बन्यौ काकाकुल जस्तै
बादी र पहिरो सधै हुन्छ त्रास
जन्मेको ठाउँमा अब हुन्न बास
################
बस्ती नै सार्ने सधै गर्छन कुरा
नेताका कुरा भएन हेर पुरा
भूकम्पले बस्त्व्व चिरा चिरा भो
बस्ति नै सारी दिने हाम्रो को ?
##############
पाल मुनि बस्ता भयो रोग र सोक
आस गरि बस्ता भयोरोग र शोक
हाम्रो यो बिन्ती बिलौना गरी गरी
उडेर पुगी सुनाइ देउ न चरी
****************************



