प्रचण्ड र बाबुरामलाई चोरसंग तुलना गर्दै बिप्लवले भने, ”चोरको छोरा चोर नै हुदैन ”


biplav-newa-program-7-20-358x300कात्तिक ।  नेकपा(माओवादी)का महासचिव विप्लवले अहिले गर्ने भनिएको संविधान संशोधनले राजनीतिक समाधान ननिस्कने  बताएका छन् ।

‘अहिले संविधान संशोधनको कुरा भइरेको छ, यो राजनीतिक समाधान होइन । यसले उल्टै देशलाई विघठन गराउँछ । त्यसैले जनताको संघर्षबाट नयाँ संविधान बनाउनुपर्छ’ विप्लवले भने ।

पार्टी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेपाल सम्वतकाे अबसरमा शनिबार काठमाडाैँमा आयोजना गरेको शुभकामना अादानप्रदान कार्यक्रममा बोल्दै उनले सो विचार ब्यक्त गरेका हुन् ।

महासचिव विप्लवले नेपालमा मोलमोलाईको राजनीतिक होइन, अन्तिम फैसलाको राजनीति गर्नु पर्ने बेला भएको भन्दै आफ्नो पार्टीले त्यो गर्ने बताए ।
हिजो मात्र नेपालको राजकीय भ्रमण सकेर फिर्ता भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कुटनीतिक नभएर विशेष सम्बन्धका नाममा हस्तक्षेप गर्ने दृष्टिकोण अगाडि सारेको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामजे इतिहासमा गरेको गल्तीको दोष आफूहरुलाई पनि आएको बताउँदै ‘चोरको छोरा पनि चोर हुँदैन, चोरको छोरा त भन्छन् तर उ इमान्दार पनि हुनसक्छ’ विप्लवले भने ।

विप्लवले नेपाल अहिलेसम्म राजनीतिक अान्दाेलन अन्तिम चरणमा नपुगेकाे बताएका छन् । ‘नेपालमा पटक पटक राजनीतिक लडाइँ भएपनि अन्तिम लडाइँ भएकाे छैन, त्याे अन्तिम लडाइँ हाम्रै पालामा र हामी लड्छाैँ’ विप्लवले भने ।
 अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलाई संकेत गर्दै विप्लवले भने,’विप्लवले संसदवादीले सिस्नुकाे पात मात्र टिपेका छन्  तर केके न गरेजस्ताे हल्ला गरिरहेका छन् । अाफूहरु (किसान)ले सिस्नु (लाेकमानहरु) काे जरैदेखि उखेलेर फाल्छाैँ ।’
 कार्यक्रममा बाेल्दै विप्‍लवले गाेर्खा भर्तिकेन्द्रकाे बन्द हुनु पर्ने माग जनयुद्धदेखि भएकाे भन्दै त्यसकाे खारेज हुनु पर्ने बताए ।

 

यसमा तपाइको मत