सिर मेरो सधै भरी सेतो छ हिमाल
बिश्वमा राम्रो म रैछु सुन्दर नेपाल
मेची देखि महाकाली तिम्रै हो यो धर्ती
मेरा सन्तान सबैलिउ यौटा सानो अर्ती १
घर भित्रको कलहले छिमेकीले हेप्छन्
अशान्तिको दुख पीडा नेपालीले खेप्छन्
बिदेशीको चलखेलले ईराक कस्तो भयो
तेल भण्डार भाको देश शान्ति कतागयो २
वाहिरिया चहल्पहल् मन हुन्छ खित्र
रिमोट् कण्ट्रोल चलाएर मेल हुन दित्र
जुधाउने र बझाउनेको पहिचान लिनु
घरायसी आफ्नो माम्ला किन थाहा दिनु ३
सबै जाति मिश्रित् हाम्रो सहर र गाउँ छ
जाति जाति फुट भए गृहयुद्घ ल्याउछ
हिमाल पहाड तराई सबै भाई भाई
हातेमालो गरेका छौ छैन कोही पराई ४



