बाटो

- सरु काविया 


मैले वर्षाै अगाडि टेकेको

पुरानो बाटो
युगाै अगाडि रिलिज भएको
सिनेमा जस्तो भैसकेछ

किन बद्लियो माटोको रङ्ग
किन परेन समय
सानो ट्राफिक जाममा
बुद्धको सालिक छेउबाट
उडिएका परेवा
मारिए रे ! बाटोमा

अधिकारका दस्तावेज
बोकेर
भुन्भुनाइ रहेका माैरीहरुलाई
बादलको एक झोक्काले
पछारिदियो रे ! बाटोमा

मलाई देश र बाटो
उस्तै-उस्तै लाग्छन्
बाटो भएदेखि – देश भएको हो
देश भएदेखि – बाटो भएको हो !!

यसमा तपाइको मत