सडक किनारामा पार्किङमा राखेको आफ्नो चम्किलो, ब्राण्ड न्यू गाडीमा यत्रतत्र यदि महिलाले महिनावारीमा लगाउने स्यानिटरी प्याड टाँसिएको देख्नुभयो भने सायद तपाइँको होसहवास उड्ला ।
एकजना युवतीले आफ्नै ब्वाइफ्रेण्डको गाडीमा रिसको झोँकमा थुप्रै स्यानिटरी प्याड टाँसिदिइन् र आफुसहित गाडिको उक्त तस्वीर सोसल मिडियामा शेयर गरिन् ।
२३ वषर्ीया ली टानले आफ्ना ब्वाइफ्रेण्डको गाडीमा ३० भन्दा बढि स्यानिटरी प्याड टाँसिदिएकी हुन् । सडक किनारामा ठडिएको गाडीमा यसरी स्यानिटरी प्याड टाँसिएको देखेपछि मानिसहरु हेरेको हेर्यै भए ।
व्ाास्तवमा आफ्नो ब्वाइफ्रेण्डले धोका दिएको शंका तथा रिसमा ली ले त्यस्तो अनौठो कर्म गरेकी थिइन् । ब्वाइफ्रेण्ड एक दिन घर फर्किएनछन् र बाहिरै कतै बसेछन् । यसरी बाहिर बाहिरै बस्न थालेपछि अरु कसैसित सल्किएको हुनसक्ने लख ली ले काटिन् ।
त्यसपछि उनले तत्कालै घर बाहिर सडक किनारामा राखिएको ब्वाइफ्रेण्डको गाडीमा एकाएक प्याड टाँस्न सुरु गरिन् । यसरी प्याड टाँसिरहँदा उनले निकै हलुका महसुस गरिरहेकी थिइन् । उनले प्याडयुक्त गाडी तथा आफ्नो समेत तस्वीर अनलाइनमा पोष्ट गरिहालिन् ।
उनको ब्वाइफ्रेण्ड घर पुगेर त्यो गाडी देख्नुभन्दा पहिले नै अनलाइनमा तस्वीर भाइरल बनिसकेको थियो । ब्वाइफ्रेण्ड जब घर पुगे तब उनले लीलाई अघिल्लो दिन आफु घर नफर्किनुको कारण बताए ।
यथार्थमा उनले धोका दिइरहेका थिएनन् ली को बर्थडेका लागि एक सरप्राइज प्लान गरिरहेका रहेछन् । यस्तो थाहा पाउँदा ली लाज तथा अपराधबोधले झसँग भइन् । तर त्यतिबेला सम्म इन्टरनेटमा उनको त्यो कर्मका तस्वीरहरु फैलिसकेका थिए ।



