पीर ब्यथा हताउने याे सरावले नै हाे कि
चुस्स चुस्ने बानी मेराे खरावले नै हाे कि
ठाेकाउदै काँचका गिलास ४-५ पेग अझै
भएर लुकाउने मुहार नकावले नै हाे कि
अाजित भए सबका सब देखेर हुलिया मेराे
सुधार्ने याे मनलाई मनाेभावले नै हाे कि
किन सुध्रिएछु अाज “प्रशान्त” एक्कासि
माया तिम्रो लज्जालु त्यो प्रस्तावले नै हाे कि



