गजल

- गजलकार लाक्पा शेर्पा, ताप्लेजुङ झापा


जीन्दगीलाई तिमी, आसुको ताल नबनाउ॥
समुन्द्रको पानी जस्तै बग्ने छाल नबनाउ॥
=
माया पाउन सबैलाई माया दिनु जान्नुपर्छ॥
दुनियालाई दुखदिने खराब चाल नबनाउ॥
=
हुन्छन सबैका तिम्रा जस्तै सानाठुला सपना॥
षडयन्रले भरिएको माकुरा झै जाल नबनाउ॥
=
जुराएका हुन्छन ईश्बरले मित्र फरक सबैलाई॥
पानी बिनाको माछा जस्तै हाल नबनाउ॥
=
आजको समय भोलीफेरि घुमी फर्कि आउदैन॥
यो बर्षलाई पिडादायी नभुल्ने साल नबनाई॥
=

यसमा तपाइको मत