डा. माधव सापकोटा हिरासत मुक्त

- रीदेन महर्जन


15403047_631492290391746_300501849_nकिर्तिपुरको भाजंगल मसानघाटमा बस्दै आइ रहनु भएका डा. माधव प्रसादसापकोटा हिरासतबाट मुक्त भएका छन् ।
मंसिर २१ गते मंगलबार चार बजे हिरासतबाट मुक्त भएका हुन् । उहालाई नेपाली केन्द्रिय विभाग तोडफोड गरेको र त्यही कुरालाई आधार बनाएर नेपाली केन्द्रिय विभागका प्रमुख देवी गौतमले किर्तिपुर प्रहरी वृत्तमा उजुरी दिई सार्वजनिक अपराध अन्तर्गत उहालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रु. दुइृ हजार धेरौती तिरी रिहा हुनुभएको छ ।
उहाँलाई पुष ३० गते बुधबार करिब राती लगभग ६ः०० बजे समाइ लगेको थियो ।
वि.सं. २०७२ चैतमा सेवा आयोगको खुल्ला र विशेष आन्तरिक खुल्ला प्रतियोगिता मार्फत १५०० भन्दा बढी उप–प्राध्यापक पदमा परिक्षा दिएको थियो । वि.सं. २०७३ साउनमा परीक्षाफल प्रकाशित गरेको आयोगले पुर्ण ‘लिखित परीक्षाको संशोधित नतिजा प्रकाशनसम्बन्धी सूचना’ को नाममा राम्रो नम्बर ल्याइ रहेकाहरुको नाममा धमाधम हटाइ नयाँ परिक्षार्थीहरुको नाम राख्नु भन्दा अगि सार्वजनिक गरहेको छ । सबै भन्दा पहिले लिएको सेवा आयोगले लिएको परीक्षामा आर्थिक चलखेल भएको, लिखित परीक्षा हुनु भन्दा अगाडी नै परीक्षामा सोधिएका प्रश्नहरु हल गरीने माध्यमबाट मान्छेहरुले बेचिनु जस्तो गम्भीर विषय उठाइ प्रधानमन्त्री कायार्लयमा उजुरी परेको रहेछ । उजुरीकर्ताहरुले त्रिवि सेवा आयोगको विज्ञापन नं ७ र ८ अनुसार लिइएको लिखित परीक्षाफल प्रकाशनमा अनियमिता भएको र त्रुति प्रस्तुति गर्दा त्रिवि पदाधिकारीहरुले वास्ता नगरिएको रहेछ । त्यसमाथी राजनैतिक हस्तक्षेपबाट अन्याय भएकोले कुरा खोज अनलाइन जानकारी दिनु भयो । पढाईमा उच्च तहको अध्ययन गरेको र सामान्य विवादमा पनि निहु बनाएर प्रहरी कारबाही गर्नु निन्दीय भएको आम विद्यार्थी नेताहरुको बुझाई रहेको छ ।
को हुनुहुन्छ डा. माधव सापाकोटा ?
वि.सं. २०३८ साल जेष्ठ १५ गते दाङ जिल्लास्थित तुलसिपुर नगरपालिका वडा नं. ९ मा अवस्थित कतकुइया गा.वि.मा जन्म भएको थियो । डा.माधवप्रसाद सापकोटाको बाल्यकाल देखिने हुने बिरुवाको चिल्लो पात भैm पढाईमा तिक्ष्ण थियो । सघंघर्षमय् बातावरणमा ठुलो हुदै जादा आफ्नो जीवनको उच्च शिक्षा अभिलासा पुरा गर्नुको लागि काठमाडौंमा आइ नेपाल संस्कृत विश्वविद्यालयबाट वि.सं. २०७० सालमा “सिद्धिचरण श्रेष्ठको खण्डकाव्यकारिता” विद्यापारिधि गरिनु भएको थियो । नेपाल भाषाको अध्ययन अनुसन्धान लगायत माक्र्सजिम सिद्धान्तमा विशेष रुचि रहनु भएका डा. सापकोटां युवा अवस्थामा बिधाबारिधि गरि गएको “महाकाव्य सिद्धान्त र परम्परा” भखरै प्रकाशित भएको थियो । भनृे दुई थुङ्गा (प्रवेशकाव्य, २०५९), लोकसाहित्यको परिचय र लोकथाको समाजशास्त्रीय अध्ययन (२०६६) साथै पत्रपत्रिकाहरुमा साहित्य, संस्कृति र दर्शन सम्बन्धी अनुसन्धानात्मक लेख रचनाहरु प्रकाशन भएका छन् ।

यसमा तपाइको मत