पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाले अख्तियारका निलम्बित प्रमुखमाथि अदालतमै दुव्र्यवहार भएको समाचारलाई फरक-फरक शीर्षक दिएर फ्रन्टपेजमा महत्वका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले सर्वोच्चमा लोकमाथि दुव्र्यवहारले अदालत नै असुरक्षित भएको भन्दै फ्रन्टपेजमै विशेष सम्पादकीय लेखेको छ ।
त्यस्तै बिहीबारको मन्त्रीपरिषद् वैठकमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै समाप्त हुने गरी भएको हत्याकाण्डबारे खोजी गर्नेबारे भएको छलफल र काठमाडौं-निजगढ द्रुतमार्ग नेपालले नै बनाउने गरी मन्त्रीपरिषद्ले गरेको निर्णयलाई पनि सबैजसो पत्रिकाले महत्व दिएर फ्रन्टपेजमा प्रकाशित गरेका छन् ।
त्यस्तै नागढुङ्गा सुरुङ मार्ग बन्ने निश्चित भन्ने शिर्षकमा गोरखापत्र दैनिकले महत्व दिएर समाचार छापेको छ भने कान्तिपुर दैनिकमा भारतले नेपाली सेनालाई अन्तर्राष्ट्रिय मिसनमा पठाउँदा आफू मातहत पठाउन गरेको लबिङप्रति नेपाली सेनाले आपत्ति जनाएको विषयलाई प्राथमिकताका साथ समाचार छापिएको छ ।
२०७३ पुष ८ गते ६:०९ मा प्रकाशित










