संशोधन नभए संविधान नै खारेज गर्छौंः उपेन्द्र यादव


पुस, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही सीमित व्यक्तिले संविधान बनाएको भन्दै स्वीकार नगर्ने बताए । साथै उनले यो एकल जातीय भएको दाबी गरे ।

र्ने चेतावनी दिएका छन् । मधेशी जनजाति लगायत समग्र उत्पीडित समुदायको मागलाई उपेक्षा गरेर जारी गरिएको संविधान मुलुकको हितमा नभएकोले यसलाई स्वीकार गर्न नसकिने यादवले बताए ।

शनिबार संघीय समाजवादी फोरम नेपाल मोरङ अधिवेशनमा यादवले भने, ‘यसअघि सात वटा विभेदकारी संविधान खारेज भइसकेको छ, संशोधन गरिएन भने यो संविधान पनि खारेज हुन्छ ।’

विश्व समुदायले समेत यो संविधानलाई त्रुटिपूर्ण भनिसकेको भन्दै उनले सबैलाई मान्य र सर्वस्वीकार्य हुनेगरी संशोधन गर्नुको विकल्प नभएको बताए । उनले भने,’व्यक्तिगत स्वार्थको लहडमा संविधान जारी गर्दा भएको गल्ती सुधान गर्न आलटाल किन ? हरेक वर्ग, जात, समुदायको माग सम्बोधनका लागि यदि तीन दल गम्भीर छन् भने सबैलाई मान्य हुनेगरी संविधान संशोधन गर्नुको विकल्प छैन ।’

फोरम अध्यक्ष यादवले संशोधन मार्फत सर्वस्वीकार नहुञ्जेलसम्म संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गरे ।

मधेसी, जनजाति लगायत उत्पीडित समुदायलाई अधिकार नदिन एमालेले लुम्बिनी क्षेत्रमा प्रायोजित ढंगले आन्दोलन थालेको उनको आरोप छ । जातीय सद्भाव बिथोल्न एमाले खुलेरै लागेको आरोप लगाउँदै उनले भने, ‘मधेशको शान्तिपूर्ण प्रदर्शन अन्धाधुन्ध गोली हानी सर्वसाधारण जनताको हत्या गर्ने प्रहरी प्रशासनले बुटवलको कृतिम आन्दोलनमा उल्टै सहयोग गरिरहेको छ ।’

यसमा तपाइको मत