विप्लव मावोवादी निकट जनवर्गीय संगठनहरुले भ्रष्टाचार र लुटतन्त्रविरुद्द निर्मम संघर्ष गर्ने

बबरमहलस्थित आयल निगम अगाडी आज जनप्रदर्शन


 

सरकारले गरेको पेट्रोलियम पदार्थको लागयत दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै विप्लव माओवादीले आज जनप्रदर्शन गरेको छ । बबरमहलस्थित आयल निगम अगाडी अखिल क्रान्तिकारी र राष्ट्रिय युवा जनस्वयमसेवक को अगुवाइमा भएको प्रदर्शन कार्यक्रममा सहभागी जनवर्गीय संगठनहरुले भ्रष्टाचार र लुटतन्त्रविरुद्द निर्मम संघर्ष गर्ने बताएको छ ।
कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका उपत्यका सयोजक लोकेश बिश्वकर्माले यदि राज्यले जनता माथी यस्तै खाले हर्कत थुपार्दै जाने हो भने तमाम बिद्यार्थीलाइ स्कुल कलेज बन्द गरेर सडक उतार्ने चेतावनी दिएका छन । नेपाली युवा बिद्यार्थीको अन्याय ,अत्याचार र भ्रष्टीकरणका निसर्त संघर्ष गर्ने बिशेषता भएको उल्लेख गर्दै बरु कठिन यातना सहने तर जनघात र राष्ट्रघातका विरुद्ध सम्झौता नगर्ने बताएकाछन ।
कार्यक्रम राष्ट्रिय यूवा जनस्वयंसेवकका अध्यक्ष झक बहादुर मल्ल्ले नेपाल आयल निगमका अध्यक्ष खड्कालाई लोकमानको जस्तै नियति भोग्न तयार रहन चेतानी दिए । उनले भने, मूल्य बृद्धि तत्काल फिर्ता होस्, नत्र निगम प्रमुखले लोकमानको जस्तै नियति’ भोग्न तयार रहुन् ।’ नेकपा (माओवादी)ले पेट्रोल ५६ रूपैयाँ प्रतिलिटरमा बिक्रि गर्दा पनि निगम घाटामा जान नसक्ने बताउदै भने निगमभित्र अत्याधिक भ्रष्ट्राचार छ, पेट्रोल ५६ रूपैयाँ प्रतिलिटरमा बेच्दापनि निगम घाटामा जादैन, यो मूल्य बृद्धि लुट्नका लागि मात्र गरिएको हो ।
भ्रष्टाचार तथा कालाेबाजारी अन्त्य गर्न (माओवादी) जस्तो सुकै कदम उठाउन तयार रहेको बताएको छ। कालाेबाजारी र चुहावट नियन्त्रण गरी जनतालाई राहत दिनुकाे साटाे निगमले भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने गरि मूल्य बृद्धि गरेकाले आन्दोलनमा उत्रनु परेको विप्लव माओवादीले जनाएको छ ।

यसमा तपाइको मत