काठमाडौं/ प्रकृति संरक्षणको संसारमा पचास वर्षअघि डा. रबर्ट फ्लेमिङ्गद्वारा लिखित पुस्तक ‘बर्डस् अफ् नेपाल’ पुस्तक प्रकाशित भएपछि एकजना नेपाली चित्रकार हिरालाल डंगोल विश्वमै चर्चित बन्नुभयो । नेपालका कुना कन्दरामा पाइने विभिन्न प्रजातिका पंक्षीहरुका चित्र र विवरण सहितको सो पुस्तक प्रकृति संरक्षणका क्षेत्रका रुची राख्नेहरुका लागि कोसेढुङ्गा नै बन्नपुग्यो ।
त्यतिबेला २७ वर्षका हिरालाल नेपालका विख्यात् चित्रकार तथा अनुसन्धाता लैनसिंह वाङ्देलको प्रेरणाबाट प्रकृति र पंक्षी जगत्मा डुब्न पुग्नुभएको थियो । ५० वर्षअघि हिमाल, पहाड र तराइका कुना कन्दरा घुमेर पंक्षीहरुका सुक्ष्म जीवनबारे अनुसन्धान गरेर दुरुस्त चित्र कोर्नु सजिलो थिएन । तर उहाँहरुले सफल गरेरै छोड्नुभयो । सो पुस्तक आजसम्म विश्व पुस्तक बजारमा रुचीपूर्वक पढिएको पुस्तक मानिँदै आएको छ ।
यी ५० वर्षमा हिरालालले हज्जारौं पंक्षीका चित्र कोर्नुभयो । उहाँका कैयौं चित्रहरु विश्वका विशिष्ट व्यक्तित्वहरुले खरीद गरेर सजाएका छन् । यसबीच डंगोलका दुइ छोरा र दुइ छोरी पनि बुबाकै पथमार्गमा हिँडेर पंक्षी चित्रकार बन्न सफल भएका छन् । छोराहरु पुष्पलाल र इश्वर साथै छोरीहरु मीना र प्रतिमा सहित पाँचजनाको टोलीको यसवर्ष पहिलो पटक अठोटका साथ संयुक्त पंक्षी कला प्रदर्शनी गर्दै हुनुहुन्छ । यही पौष १९ गतेदेखि १० दिनसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुन लागेको प्रदर्शनीका क्रममा नेपालका पंक्षीहरु, हिरालालको ५० वर्षे यात्रा र उनको पारिवारिक उत्तराधिकार सम्बन्धी पुस्तकको समेत विमोचन हुँदैछ ।
पंक्षी कला लेखनको ५० वर्षे यात्रा प्रदर्शनीका क्रममा हिरालाललाई युगपुरुष सत्यमोहन जोशीले ‘पंक्षीविद्’ को उपमा दिनुभएको छ । यसबाट सन्तुष्ट देखिनुभएका हिरालालको प्रदर्शनी सफल पार्न विश्व वन्यजन्तु कोष लगायतका संघ–संस्थाले सहयोग पु¥याएका छन् ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

