गज़ल

- रुद्र अधिकारी


अाँसुका थाेपाले नै मेटिदिन्छ जब म लेख्न थाल्छु ।
जागृत मनका भावनाहरूलाई म छेक्न थाल्छु ।

व्यथाहरू जम्मा भई मनमा भत्भती पाेल्छ जब,
कागजमा पाेखी वेदनाहरूलाई म सेक्न थाल्छु ।

अाँसु छेक्न नसक्दा जब मेटिन्छन् मेरा भावनाहरू,
चित्त नबुझी मेटिएका भावनालाई म फेक्न थाल्छु ।

लडखडाउँछन् पाइलाहरू जब चाेटहरू बढ्छ,
भावनात्मक बैसाखीकाे सहारा लिई म टेक्न थाल्छु ।

जब दुनियाँकाे देख्छु चियाे चर्चाे म माथिकाे यस्ताे,
अाफ्ना तरबतर यी नयनहरू म देख्न थाल्छु ।

यसमा तपाइको मत