गजल

- प्रशान्त डङ्गोल


चाैटारीमा कुराई एक्लै घुम्टो अाेडेर गयाे
तिमीले मन लहैलहैमा बाचा बन्धन ताेडेर गयाे
तिमीले सहरीया रवाफकाे काेट अाेडी सरर हुइकिँदा
भुलि गाउँलेलाई बाटाे अन्तै माेडेर गयाे
तिमीले अथाहा पुष्प बागवानीकाे पर्वाह नगरिकन
फेरि अाज मात्र अाफ्नै फुलदानी गाेडेर गयाे
तिमीले फिरन्तेहरुकाे लहैलहैमा प्रशान्तलाई बिर्सी
सुटुक्क तन,मन,धन मुटु जाेडेर गयाे
तिमीले ब्रह्मा,बिष्णु,यमुना स्वागतार्थ अाँगनमा
राखेकाे शुभ कलश जानी जानी प्वाट्ट फाेडेर गयाे
तिमीले अाशा!बाेलाउदा गिद्दे नजरले घाेरेर
फनक्कै दाेबाटाेमा मलाई नचिनि छाेडेर गयाे तिमीले

यसमा तपाइको मत