केही हाईकूहरू !

- उत्तम बिचार 


धुवाँ धुलो र

काठमाण्डौ शहर

पर्याय बाचि !

~~

धुम्म आकाश

मौसम पूर्बानुमान्

परेन पानी !

~~

समाज सेवा

देखाउने दाँत भो

कुरिस्कै चिन्ता !

~~

हिउँद्का दिन

घाम ताप्ने रहर

सुन्तला बदाम् !

~~

पानीको प्यास

काकाकुल शहर

मेलम्ची सपना !

~~

पानीको फोका

दुई दिने जिन्दगी

दर्पन छायाँ !

~~

हाम्रो सिमाना

छ प्राण भन्दा प्यारो

जङ्घे पिल्लर !

~~

आँखै अगाडि

चन्द्रागिरी पर्बत

केवल कार !

~~

बुद्धको देश

चिल गिद्द कराए

मरेको शान्ती !

 

यसमा तपाइको मत