सरकारले आगामी वर्ष वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। झन्डै दुई दशकपछि स्थानीय शासन सञ्चालनका लागि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागेको हो। २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायको निर्वाचन भए यता निर्वाचन भएको थिएन । निर्वाचन आयोगलाई तत्काल १० अर्ब २९ करोड ६३ लाख ६७ हजार ७ सय ७५ रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ / देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुने जानकारी दिएको छ । यस निर्वाचनले आगामी दिनहरुमा खाली रहेको स्थानीय तह पुरा हुने देखिन्छ /यस अघि कर्मचारीहरुले निकै जनतालाई दुख दिएको र आकुत सम्पति जोडेको जन धारणा छ /सकिन्छ भने निर्वाचन पछी ती कर्मचारीहरुको जाचबुझ गर्नु नितान्त आवश्यक छ साँच्चिकै भने हो भने निर्वाचनमा खर्च भएको आधा रकम नै तिनै बाट असुल गर्न पुग्न आउछ यस तर्फ पनि खोजि गर्नु आजको आवश्यकता हो /



