उसले सडकको वीचमा पलेटी कसको छ
चिल्लो सडकमा चिप्लिने गडीहरुको आवाज ऊ सुन्दैन
उसका पाइतालाअरु कहिल्यै गन्तव्यसम्म पुगेनन्
दजुहरुले उसको भाषा कहिल्यै बुझेनन्
उसको इसारा आज निरर्थक भइसकेको छ ।
आज कान्छो मातेको छ ।
ठुल्दाइ, माल्दाइ अनि सान्दाइहरुको जस्तो
उसलाई व्हिस्की, ब्राण्डी र स्कचको मात लागेको छैन
तारे होटलमा हुने रात्रीभोजको निम्तो पनि उसले पाएको छैन
परको साहूको पसलबाट एक बोरा चामल बोकोर
माइलीको हातबाट उसले रु. पाँच थापेको छ ।
आज कान्छो मातेको छ ।
कान्छो मातेको छ
आफ्नै पसिनाले ।
उसको मताइ निष्कलंक छ
उसमो बसाइ निर्धक्क छ
उसको रोजाइ निजी छ
उसको सोचाइ आफ्नै छ ।
दाजुहरुले जस्तो उसले सपना बाँडेको छैन
रङ्गीन तस्वीरहरु खिच्ने केमराको लेन्सले उसलाई देखेन
सहमति रअसहमतिको जालोले उसलाई जेलेको छैन
नयाँ नेपालको सपना उसले कहिल्यै देखेन
बोरा र नाम्लोको बोझले ऊ असध्यै थाकेको छ ।
आज कान्छो मातेको छ ।
कान्छो मातेको छ
मात्र एक गिलास लोकलले ।
उसको मातमा कसैको नुन मिमसिएको छैन
उसको मताइमा कसैको वात लागेको छैन
उसको गाथमा कुृनै दाग लागेको छैन
दाजुहरुको भागबण्डाको कचिगलले ऊ थाकेको छ ।
आज कान्छो मातेको छ ।
उसको ग्लासमा कमिशनको एकथोपा थपिएको छैन
उसको आँगमा विदेशी एडको भेष मिसिएको छैन
बन्द हड्ताल र चक्काजामले उसलाई के नै पो गर्न सक्छ र?
जिन्दाबाद र मुर्दाबाद रट्ता रट्तै ऊ दिक्क भइसकोको छ ।
आज कान्छो मातेको छ ।
०६४। ७। २८



